दफा १३
बन्दी अभिलेख किताब
(१) कारागार प्रशासकले प्रत्येक कारागारमा रहने बन्दीको अभिलेख राख एक बन्दी अभिलेख किताब खडा गर्नु पर्नेछ।

(२) बन्दी अभिलेख किताबमा बन्दीको तथा बन्दीसँग सम्बन्धित देहायका विवरण उल्लेख गर्नु पर्नेछ:-

(क): नास, थर, ठेगाना,

(ख) नेपाली नागरिक भए नागरिकता नम्बर, नागरिकता जारी भएको मिति र जिल्ला र राष्ट्रिय परिचयपत्र लिएको भए सोको नम्बर तथा जारी भएको मिति,

(ग) विदेशी नागरिक भए राहदानी नम्बर, प्रवेशाज्ञाको विवरण, राहदानी जारी गर्ने मुलुक, जारी भएको मिति र राहदानी नभएको विदेशी नागरिक भए निजको परिचय खुल्ने विवरण,

(घ) बाबु, आमा, पति वा पत्नीको नाम, थर र ठेगाना,

(ङ) उमेर, लिङग र वैवाहिक अवस्था,

(च) स्वास्थ्य अवस्था (महिलाको: हकमा प्रजनन स्वास्थ्य समेत),

(छ) सम्पर्क व्यक्तिको नाम, ठेगाना तथा सम्पर्क नम्बर,

(ज) मुद्दा वा कसूरको नाम, मुद्दाको संक्षिप्त विवरण वा त्यसको सङ्रेत,

(झ) थुनामा राख आदेश, दिने-वा कैद सजाय तोक्ने अदालतको नाम, ठेगाना,

(ज) आदेश वा फैसला भएको मिति,

(ट) युना वा कैदमा बस्नु पर्ने अवधि,

(र) जरिबाना र क्षतिपूर्ति तोकिएको भए सोको विवरण,

(ड) कैदको अवधि समाप्त हुने मिति,

(ढ) साथमा कुनै मूल्यवान वस्तु रहेकोमा त्यस्तो वस्तुको विवरण ।

(३) कारागार प्रशासकले उपदफा (२) बमोजिमको विवरणको अतिरिक्त बन्दीको तस्बीर र तोकिए बमोजिमको औँठा छाप (बायोमेट्रिक) को विवरण समेतको अभिलेख राख्नु पर्नेछ।

(४) यस दफा बमोजिमको बन्दी अभिलेख किताब खडा गर्दा छुट्टै रजिष्टर खडा गर्नु पर्नेछ र सो विवरणको विद्युतीय अभिलेख समेत राख्नु पर्नेछ। (५) उपदफा (४) बमोजिमको विद्युतीय अभिलेखको विवरण विभागमा पठाउनु पर्नेछ।